लिफ्ट दिएर संगै ल्याएका भारतिय एक नचिनेको समुहले कैलालीको बुढीतोलामा एक कर्मचारी लुटे

धनगढी, १३ जेठ लिफ्ट दिएर संगै ल्याएका भारतिय एक नचिनेको समुहले कैलालीको बुढीतोलामा एक कर्मचारी लुटेका छन् । कैलालीको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी लुटेर भगेका छन् । लुटेराले भण्डारीलाई चक्क प्रहार गरी टाउको ढुङ्गाले कुटपटि समेत गरेका छन् । उनलाई लुटेराले बाधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार समेत लुटेर लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आईतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

भण्डारीले प्रहरीलाई बताए अनुसार महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेका थिए। भण्डारीले आफ्नो प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारमा लिफ्ट दिए । बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले भण्डारीमाथि कुटपिट गरे । उनीहरुले भण्डारीलाई कुटेर प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए ।भण्डारीले आफ्नो कार पनि उनीहरुले लिएर फरार भएको बताएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.