सुदूरपश्चिम प्रदेशमा पानीको बहाव बढ्ने अनुमान
धनगढी:सुदूरपश्चिम प्रदेशमा पर्ने महाकाली,कर्णाली तथा त्यसका सहायक नदीहरुमा प्रमुख नदीहरू महाकाली,कर्णाली चिसापानी,पश्चिम सेती तथा अन्य साना नदीहरूको बहाव सामान्य मात्र बढ्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले कैलाली,कञ्चनपुर,डोटी,अछाम र आसपास भइ बग्ने साना नदीहरुको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।