धनगढीको सेती अस्पताल परिसरका होटलमा अखाद्य बस्तु बिक्री

धनगढी,५ मंसिर । धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरका तीन होटेलबाट बासी खानेकुरा बरामद गरिएको छ । उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सोमवार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अस्पताल परिसरको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको हो । अनुगमन समिति संयोजक टेकराज भट्टका अनुसार सेती अस्पताल परिसरको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलबाट अखाद्य बस्तु बरामद गरिएको हो ।
चमेना गृह अर्थात् खाना तथा नास्ता पसलमा सात दिन भित्र भान्सा र भाँडा माझ्ने ठाउँ अलग–अलग बनाउन र माछा, मासु तथा तरकारी भण्डारण गर्ने फ्रिज÷डिप फ्रिज छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।