सुदूरपश्चिम प्रदेशमा पाँच वर्षमा तलव भत्तामा एक अर्व ३० करोड खर्च

धनगढी, २८ कार्तिक/सुदूर पश्चिम प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकालमा तलव भत्तामा मात्र एक अर्व ३० करोड रुपैया भन्दा खर्च भएको छ ।एक वर्षको अबधिमा तलव भत्तामा २५ करोड रुपैया भन्दा बढि खर्च गरेको प्रदेश सरकारले आर्थिक वर्ष ०७५र७६ देखि ०७८/७९ सम्म चार वर्षमा पदाधिकारीको बैठक भत्ता, पदाधिकारीको अन्य सुविधा, पदाधिकारीको अन्य भत्ता, कर्मचारीको बैठक भत्ता, अनुगमन मूल्यांकन खर्च, भ्रमण र अन्य भत्ता शीर्षकमा १ अर्ब ५ करोड ३० लाख विनियोजन गरेको थियो ।

सो अबधि वर्षमा बैठक भत्ता, भ्रमण भत्ता र अनुगमन भ्रमणमा ९२ करोड ८९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले अनुगमन मूल्यांकन र अनुगमन भ्रमणमा मात्रै करिब ३९ करोड रुपैयाँ खर्च गरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.