सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेका सबै एम्बुलेन्स थन्किए

धनगढी, २८ कार्तिक/सामाजिक विकास मन्त्रालयले आधुनिक र सुबिधायुक्त भनेर वितरण गरेका १६ वटा एम्बुलेन्स थन्किएका छन् ।मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एकरएक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

२०७६ साल कार्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ एउटा एम्बुलेन्स तीन वर्षमै थन्किएका हुन् । मन्त्रालयले कमिसनको चक्करमा टाटा ४०७ मोडेलका बन्द भईसकेका मिनी ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरेको अन्ततः पुष्टि भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.