सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
धनगढी:सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको हो।
हाल सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिममा अझैँ मनसुनी वायु सक्रिय भइसकेको छैन। तर, आज राति भने ठुलो वर्षाको आँकलन महाशाखाले गरेको छ। मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिममा पनि एक दुई दिनमा मनसुनी वायुको प्रभाव हुनेछ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। सुदूरपश्चिमबाहेक देशका सबै प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।