तिहारको मुखैमा सर्वचर्चित गायक शेरी औजिको आवाजमा नयाँ गीत सर्वत्र बजारमा

प्रेम विवश चन्द । धनगढी, २५ कार्तिक । छोटो समयमै दर्शक र श्रोतामा गहिरो छाप बनाउन सफल मखमलि आवाजका सर्वचर्चित लोक डेउडा गायक शेरी औजिको आवाजमा शुभ दिपावली -२०८० लक्षित गर्दै सुइनामा रोयाको बोलको गीत बजारमा आएको छ । प्रेम भाटको प्रस्तुति र शब्द संकलन रहेको गीतको लय गायक शेरी औजिले नै निर्माण गरेका हुन। Sheri auji youtube channel बाट प्रसारित गीतमा प्रेम भाट,कल्पना औजि,ज्ञानेन्द्र सुनार लगायतका कलाकारहरुले अभिनय गर्नु भएको छ ।
गीत संगितको यात्रा प्रारम्भ देखी यो प्रस्तुति सम्म गायक शेरी औजिका हरेक गीतमा श्रोता,दर्शकले प्रदान गराएको सकारात्मक र सन्तुष्टिगत प्रतिक्रिया प्राप्त भएको आनंदमय महसुस सुनाउँछन । डेउडा र ठाडिभाकामा चर्चा कमाउदै विभिन्न सन्देशमुलक प्रस्तुतिमा विशाल सफलता हासिल गरेका शेरी औजिले नयाँ प्रस्तुति हेरिदिन र प्रतिक्रिया प्रदान गरिदिन आग्रह समेत गरेका छन।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.