धनगढी उपमहानगरपालिका को पुर्वाधार तर्फ ४५ करोड र आर्थिक तर्फ १४ करोट ४२ लाख ११ हजार बजेट

धनगढी :  धनगढी उपमहानगरपालिकाको ८ औँ नगरसभामा रु एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला रानाले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा पुर्वाधार तर्फ ४५ करोड १० लाख ५२ हजार रहेको छ । जुन उपमहानगरपालिकाको कुल बजेटको २४।५३ प्रतिशत हो ।

त्यस्तै आर्थिक तर्फ १४ करोट ४२ लाख ११ हजार रहेको छ, जुन कुल बजेटको ७।८४ प्रतिशत हो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८र७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.