धनगढीमा इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाइ नेपालले तीब्र गतिमा सेवा बिस्तार गर्दै

धनगढी, २५ असोज । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाइ नेपालले तीब्र गतिमा सेवा बिस्तार गरिरहेको छ । सबैभन्दा सस्तो मुल्यका प्याकेज सहित दशैं तिहारको उपलक्ष्यमा ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले मौकामा चौका जस्ता आर्कषक बम्फर उपहार ल्याएको जनाएको छ ।
कम्पनीका धनगढी शाखा प्रमुख आशिष सोनीका अनुसार अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीका सेवाहरु व्यापारी, विद्यार्थी,कमजोर आर्थिक अवस्था भएका जनतामैत्री नभएकाले वाईफाइ नेपालले सबैलाई मध्यनजर गर्दै सस्तोमा राम्रो इन्टरनेट ल्याएको बताए । यस बर्षको चाडपर्व अफरमा कम्पनीले ईसेवा र खल्तीबाट रकम भुक्तानी गर्दा २ सय रुपियाँ क्यास ब्याक,हरेक महिना दुई जनालाई स्मार्ट फोन र स्मार्ट वाच र २ महिनाको इन्टरनेट बोनसमा उपलब्ध गराइने जनाएको छ ।

वाईफाइ नेपाल कम्पनीले सुरुवातमा दुईवटा प्याकेज ल्याएको छ । ५० एमबिपिएस र ८० एमबिपिएस गतिको इन्टरनेट ग्राहकले आवश्यकता अनुुसार ३ महिना,६ महिना र १ बर्षका प्याकेजहरु जडान गरी प्रयोग गर्नसक्ने बताइएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरि कम्पनीले निकट भविष्यमा १५०, २०० एमबिपिएसको इन्टरनेट समेत दिने तयारीमा रहेको बताइएको छ ।

वाईफाइ नेपालको फाइबर इन्टरनेट सेवा नेपालकै सबैभन्दा सस्तो र भरपर्दो भएको कम्पनीका धनगढी प्रमुख सोनीको दाबि छ । ग्राहकलाई वाईफाइ नेपालले प्रति महिना ५० एमबिपिएसको इन्टरनेट मात्र रु ३३३ र ८० एमबिपिएसको मात्र रु ५०० मा उपलब्ध गराइरहेको सोनीले बताए ।

वाईफाइ नेपालको इन्टरनेट ३ महिनाको प्याकेज जडान गर्दा ग्राहकले १५ दिन बोनस पाउनेछन् । भने ६ महिनाको प्याकेज जडान गर्दा १ महिना बोनस र १ बर्षको प्याकेज जडान गर्दा २ महिना बोनस पाउने धनगढी शाखा प्रमुख सोनीको भनाई छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.