बैतडीको पाटन नगरले माग्यो भर्चुअल माध्यमबाट नगरबासी संग सुझाव

धनगढी ९ असार । बैतडीको पाटन नगरपालिकाले नगरबासीहरुको सुझाव संकलन गरेको छ । पाटन नगरपालिका घर भई काम तथा रोजगारीको सिलसिलामा जिल्ला बाहिर तथा विदेशमा रहेकाहरुबाट नगरपालिकाले ‘भर्चुअल’ मिटिङको आयोजना गरेर सुझाव संकलन गरेको हो ।

तीन दिन सम्म चलेको जुम मिटिङबाट पाटन नगरपालिकाको विकासका लागि गर्नुपर्ने कामहरुको बारेमा नगरबासीहरुबाट सुझाव सल्लाह संकलन गरिएको नगरपालिकाका उपप्रमुख कमल बोहरा अपिले जानकारी दिए ।

पाटन घर भइ विभिन्न कामले बाहिर रहेका विज्ञ र बौद्धिक नागरिकहरुबाट अगामी आर्थिक वर्षका लागि नगरपालिकाले ल्याउनुपर्ने कार्यक्रमका लागि सुझाव सल्लाह मागेका उहाँले बताए । तीन दिने मिटिङको आयोजना गरेर नगरपालिकाले सुझाव सल्लाह संकलन गरेको पाटन नगरपालिकाका सूचनाअधिकारी महेस भट्टले जानकारी दिए ।

नगबासीबाट महत्वपूर्ण सुझाव आएकाले सोही अनुसार विकासका काम अघि बढ्ने उपप्रमुख बोहराले बताए । बढ्दो वेरोजगारीको समस्या समाधानका गर्न, कृषिको क्षेत्रमा बजारीकरणको समस्या सामाधान, शिक्षाको गुणस्तर सुधारकालागि कार्यक्रम सञ्चालन गर्न मिटिङमा सहभागिहरुले सुझाएका बताइएको छ ।

शुक्रबार पाटनले पनि नगरसभाबाट अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । मिटिङबाट संकलन गरिएका सुझाव सल्लाहलाई समेत ध्यानमा राखेर अगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.