गेटा मेडिकल कलेजको निर्देशकमा जोशी
धनगढी : राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ। जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो। उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो।
जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समयसम्म काम गरेका थिए। सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ। अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ।