धनगढीमा दुई करोड लगानिमा डर्म डाईनामिक्स क्लिनिक संचालनमा

 धनगढी, ३१ भदौ । धनगढीमा दुई करोड लगानिमा डर्म डाईनामिक्स क्लिनिक संचालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साँउदले शनिबार एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् । उक्त्त डर्म डाईनामिक्स क्लिनिक छाला, कपाल र यौन रोग सम्बन्धि विरामीलाई लक्षित गरी धनगढीको न्यु रोड तारानगरमा सञ्चालनमा आएको हो ।
यौन, छाला तथा सौन्दर्य रोग बिशषेज्ञ डा. अनिलकुमार भट्टका अनुसार डर्मड्रिम डाईनामिक्स स्कन हेयर एण्ड लेजर क्लिनिक डण्डीफोर, चाया, पोतो, दाद, उकुच, मुसा, मासु पलाएको, यौन रोग, दुबी, कत्ले रोग, ट्याटु हटाउने, छाला तन्काउने र कसिलो बनौउने, कपाल झर्ने लगायत सम्पूर्ण छाला र यौन सम्बन्धी समस्या हुनेहरुलाई सेवा दिने उद्धेश्यले संचालनमा ल्याईएको हो । यौन, छाला तथा सौन्दर्य रोग बिशषेज्ञ डा. अनिलकुमार भट्ट र डा. उम कयालले संचालनमा ल्याएका हुन् ।
काठमाण्डौको कुमारीपाटीमा मुख्य क्लिनिक संचालनमा रहेको छ । सोही क्लिनिकको धनगढीमा शाखा संचालनमा ल्याएको उनले बताए । अब धनगढीमा सौन्दर्य सम्बन्धी हाइड्रा फेसियल, भ्याम्पाएर फेसियल, मेडी पिल, पिआरपि, कार्बन लेजर पिल सम्बन्धि सेवा आधुनिक लेजर प्रविधिबाट गरिने संचालकले जानकारी दिएको छ ।
डा.भट्टले भने ‘मुनाफा भन्दा पनि आफ्नो क्षेत्रमा यसको सम्भावना छ भनेर पहिचान गराउन क्लिनिक स्थापना गरेका हौ’ आफ्नो ज्ञान सुदूरपश्चिमका नागरिकलाई पनि दिने उदेश्य हो । आफ्नो छालाको हेरचाह सुरुवात देखिनै गरे ठूलो समस्या ननिम्तिने बताउदै बिज्ञ चिकित्सकद्वारा आवस्यक परामर्श र सेवा लिई अनुहारमा चमकता कायम राख्न अनुरोध गरे । केन्द्रीय क्लिनिक काठमाण्डौको कुमारीपाटीमा संचालनमा रहेकोले त्यसको शाखा पोखरामा र अहिले धनगढीमा ल्याएको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.