आरक्ष पीडितका समस्या समाधान गर्छौं पूर्वमन्त्री साउद

धनगढी ७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापितहरुको समस्या समाधान गर्ने बताएका छन्।

कञ्चनपुरका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्बोधनका क्रममा नेता साउदले नयाँ आयोग गठन गरेर समस्या समाधान गरिने बताएका हुन्। ‘जति पनि शिविर छन्, शिविरका लागि कार्यक्रम ल्याउँछौं। आरक्षको समस्या हामी समाधान गर्छौं। आरक्ष आयोग गठन गरेर सरकारले समस्या समाधान गर्छ’ उनले भने।

उनले सुकुम्बासीलाई भूआयोगमार्फत जग्गा दिने पनि बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.