भोलि धनगढीमा सरकारी गाडी चल्न नदिने
धनगढी ७ असार । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य बस्तु मंहगिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वयूले कैलालीको धनगढीमा विरोध गर्ने जनाएको छ।
सोही विरोध कार्यक्रमाअनुरुप भोलि धनगढी नगर कमिटीले नगरभित्र सरकारी गाडी चल्न नदिने बताएको छ। राष्ट्रिय युवा संघका नगरअध्यक्ष अभिषेक नाथका अनुसार भोलि बुधबार नगरक्षेत्रभित्र जुनसुकै सरकारी सवारी चलाउन पाइने छैन।
मूल्यवृद्धिकै विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू धनगढी नगर कमिटीले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो। सरकारले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुको माग छ।