सेती प्रादेशिक अस्पतालमा सुर्तीजन्य पदार्थ विक्रि वितरण

असार ७ धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको छ । स्वास्थ्य ऐन अनुसार कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थाको पाँच सय मिटर वरपर मादक तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण गर्न नपाइने प्रावधान रहेको छ । धनगढीको सेती प्रादेशिक अस्पतालका सटरहरुमा भने खुलेआम सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको पाइएको छ । व्यवसायिक प्रयोजनका लागि भाडामा दिइएका सटरहरुबाट सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको हो ।

व्यापारीहरुले पनि उक्त क्षेत्रकमा सुर्तीजन्य पदार्थ गुट्खा, चुरोट विक्रि गर्ने गरेको स्वीकार गरेका छन् । व्यापारिहरुले प्रावधानविपरित बिक्री गरेको भए पनि रोक्ने काम भइरहेको छैन । सेती अस्पतालको सटरमा भोजनालय सञ्चालन गर्दै आएका देव बोहराले पनि विक्रि गर्ने गरेको स्वीकार गरेका छन् । उनले ‘अन्य सटरहरुमा पनि विक्रि हुनेगर्द छ , त्यही भएर मैले पनि विक्रि गर्ने गरेको हँ भने’ ।
सेती प्रादेशिक अस्पताल अगाडिका सटरहरु भाडामा दिइएको छ । अधिकांश सटरहरुमा मेडिकल राखिएको छन् । भने केही सटरहरुमा किराना पसल तथा नास्ता पसलहरु पनि राखिएको र उक्त किराना तथा नास्ता पसलहरुबाटै सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको हो । अस्पतालभित्र पनि सुर्तीजन्य पदार्थ विक्रि भइरहेको छ ।

विशेष गरी अस्पताल अगाडि रहेका पार्वती भोजनालय र ममता स्टोरबाट विक्रि भइरहेको आरोप लागेको छ । यता अस्पतालले पनि अहिलेसम्म उक्त विषयमा निगरानी नगरेको जनाएको छ । सेती प्रादेशिक अस्पतालले उक्त सटरहरु भाडामा दिने बेला मादक तथा सुर्तीजन्य पदार्थ विक्रि गर्न नपाइने भनेको थियो । उक्त विषय सम्झौता पत्रमा पनि उल्लेख गरिएको छ । तर सटरधनीहरुले सम्झौताको निएम विपरीत सुर्तीजन्य पदार्थ विक्रि गर्दा पनि अस्पतालको प्रशासनलाइ भने थाहा छैन ।

अस्पतालका अध्यक्ष नरबहादुर शाहले यस विषयमा अहिलेसम्म गुनासो नआएको बताएका छन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.