धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

धनगढी ७ असार । धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ रामजानकी टोल बस्ने १९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र धनगढी उपमहानगरपालिका मिलनचोकमा ग्रिनलेण्ड प्लाजाका संचालक २९ वर्षीय चक्रसिंह पार्की पक्राउ परेका हुन्।

मल्लको कोठाबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन र पार्कीको होटलबाट ४ ग्राम ३०० लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनीहरुको साथबाट ४६ हजार ४०५ नेपाली र ४ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.