सुदुरपश्चिम प्रदेश प्राकृतिक प्रकोप तथा बहुविपत्तिको जोखिममा

दिपक बम असार ६ धनगढि । सुदुरपश्चिम प्रदेश प्राकृतिक प्रकोप तथा बहु विपत्तिको जोखिममा रहेको छ । सुदूरपश्चिम आगलागी र वन डडेलो, बाढी तथा डुवान, पहिरो, चट्याङ ,महामारी,जलबायु परिवर्तनजन्य जोखिम, तातो हावाको लहर, भुकम्प ,सडक दुर्घटना, अन्य प्रकोप भिरबाट लड्नु, हिमपहिरो, जस्ता विपत्तिको जोखिममा रहेको छ ।

प्राकृतिक प्रकोपका कारण सुदुरपश्चिममा जनधनको क्षेती हुँदै आएको खोज पत्रकारिता केन्द्रका महा सचिव राम जि दाहाले बताउनु भयो । उनका अनुसार मानविय कृयाकलापले नै जोखिम श्रीजित हुने गरेको बताए । अव्याबस्थित बसाइ बसोवास तथा संरचनाको निर्माण, बनजङ्गल फडानी, खोला नाला अतिक्रमण तथा ढुङ्गा बालुवाको उत्खनन् जस्ता कार्यले त्यस्ता विपत्ती आउने गरेको बताएका छन ।
सुदुरपश्चिम प्रदेस सरकारले भने विपत् जोखिम न्युनिकरण तथा ब्याबस्थापनका लागि नितिगत तथा ब्याबस्था मिलाएको बताएको छ । बिपत जोखिम न्युनिकरण तथा ब्याबस्तापन ऐन २०७५, प्रदेश विपत ब्याबस्तापन तथा राहात निर्देशिका २०७६, प्रदेश आकस्मिक कोष २०७५, शुदूरपश्चिम वन ऐन २०७६, हवाइ उद्धार कार्य विधि २०७६, त्यस्तै सुसूरपश्चिम प्रदेश वातावरण ऐन २०७७ , मनसुन पुर्बतयारी तथा प्रतिकार्य योजना २०७८ अनुसार काम गर्ने र २०७९ को लागि थप नीति तथा योजना बनाइ काम गर्ने सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी लक्ष्मी प्रसाद जोशीले जानकारी दिनु भयो ।

आज धनगढिमा आयोजित पत्रकारसंङ्गको अन्तर क्रीयात्मक कार्यक्रममा युरोपेली संघ, युनडिपी , युनिसेप, युएन वुमन ले राष्ट्रीय विपत् जोखिम न्युनिकरण तथा ब्याबस्थापनका लागि सरकार संङ्ग सहकाय गरि काम गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकार , लुम्बिनी प्रदेश सरका र सुदुरपश्चिम प्रदेश मा काम गर्ने युएनडिपीका वृहत्तर बिपत जोखिम ब्याबस्थापन कार्यक्रमका प्रमुख केदार बाबू ढुङ्गानाले जानकारी दिनुभयो ।कर्णाली प्रदेश , लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगर पालिका, र सुदूरपश्चिम प्रदेको को धनगढी उपमहा नगरपालिका अमरगढी नगरपालिका तथा जय पृथ्वी नगरपालिकामा कार्य गर्ने जनाएको छ ।

सहरी विपत ब्याबस्थापन तथा सुदृढीकरण परियोजना अगस्ट २०२१ देखि जुलाइ २०२३ सम्मा भुकम्प तथा सहरि जोखिम बुझाइमा अभिवृद्धी , प्रदेश र स्थानिय तह विपद जोखिम शासकिय प्रणालिको सुदृढिकरण, विषयगत पुर्वतयारीका साथै प्रदेश र स्थानिय तहमा मानविय सहायता प्रणालिसंङ्ग अन्तर सम्बन्ध, प्रदेश र स्थानिय तहमा जोखिम न्युनिकरणका नमुना प्रस्तुत गर्ने र मानविय सहायता प्रणालिको सिदृढीकरण र जोखिम न्युनिकरण का लागि नीति निर्माण गरिसक्ने कार्यक्रम प्रमुख केदार बाबू ढुङ्गानाले जानकारी दिनु भयो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.