कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठोक्कीदाँ मोटरसाइकल चालक चौधरी घाइते

धनगढी,२१ साउन । कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठोक्कीएका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ कलुवापुरमा स्कारपियो र मोटरसाइकल ठोकिएका हुन् ।

प्रहरीका अनुसार आइतवार बिहान बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक बेलौरी–५ शोभातालका रामप्रसाद चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ । स्कोरपियोका चालक फरार छन् । गाडी अहिले बेलौरी प्रहरीको नियन्त्रणमा छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.