नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने

काठमाडौं ६ असार । मलेसियामा जारी एसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज नेपालले बहराइनविरुद्ध खेल्दैछ।

मौसमले प्रभाव पारेको खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो। अब बहराइनले पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालले पहिलो खेलमा भुटन र दोस्रा खेलमा कुवेतलाई हराएको छ। नेपालले आजको खेलमा जित निकाले सेमिफाइनलमा स्थान बनाउने छ। फाइनलमा पुग्ने टिमले एसिया कप खेल्ने अवसर पाउनेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.