प्रचण्ड निवास अगाडि लगानीकर्ताहरुको धर्ना

काठमाडौं ६ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास अगाडि लगानीकर्ताहरूले धर्ना दिएका छन् ।

पुँजी बजारको सुधारको माग गर्दै लगानीकर्ताहरूले सोमवार प्रचण्ड निवास अगाडि धर्ना दिएका हुन् ।

साथै माओवादी केन्द्रको भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले उपाध्यक्षसहित नौ जनालाई निलम्बन गरेको छ ।

सङ्गठन विपरीत काम गरेको आरोपमा क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जना निलम्बनमा परेका हुन् ।

तीनकुने स्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा क्रान्तिकारीबीच हाता हालाहालको स्थिति आएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.