गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन सडक देखि सदन सम्म

धनगढी ६ असार – कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनको लागि दबाव दिन सडक र सदनबाट संगसंगै आवाज उठाउने प्रतिवद्धता गरिएको छ । आईतबार अत्तरियामा संघिय सांसद सहितको छलफल कार्यक्रममा सो प्रतिवद्धता गरिएको हो ।

सांसद डा। दिपक प्रसाद भट्टको आथित्यमा गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले आयोजना गरेको छलफलमा बोल्ने बक्ताहरुले गेटामा मेडिकल विश्वविद्यालय बनाउनु पर्ने र, त्यसका लागि थप संघर्ष गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

छलफलमा बोल्दै सांसद भट्टले स्वास्थ्यको क्षेत्रमा राज्यले विगतदेखि नै सुदूरपश्चिम प्रदेशलाई पछाडी पारेको बताए । ‘अब यसको क्षतिपुर्ती सहित यसलाई विश्वविद्यालयका रुपमा अगाडी बढाउनुपर्छ’ उनले भने ‘यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको विकास र यस क्षेत्रका जनताले देखेको सपना पुरा गर्नका लागि देशकै पहिलो राष्ट्रिय चिकित्सक विश्वविद्यालय स्थापना गरिन आवश्यक रहेको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.