गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउछु:प्रधानमन्त्री देउवा

धनगढी ४, विष्णु भट्ट : प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए । शनीवार धनगढी उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए । धनगढी उपमहानगरमा रहेको डुवानको समस्या सामाधन गर्न खोलानालाको अतीक्रमण हटाउन सवैले मीलेर जानु पर्ने कुरामा उहाले विषेस जोड दिए।गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने विषयमा प्रधानमन्त्री देउवा सकारात्मक देखिए ।

यस विषयमा काठमाडौं फर्किएर मन्त्रीपरिषद्बाट निर्णय गर्ने उनले बताए । ‘कानुन बनाएर गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने उनले स्पस्ट पारे ।

सोही सभालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने धारणा राखे । उनले धनगढी उपमाहाँनगरपालीका का पहीलेका जनप्रतीनिधि हरुले कामको जग बसाल्ने काम गरि सकेकाले अब सबै तहका सरकार मीलेर यस क्षेत्रत्रको विकास निर्माणमा लाग्नु पर्ने कुरामा जोड दिए ।

भवन उद्घाटन सभामा धनगढी उपमहानगरपालिका का मेयर गोपाल हमालले गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री समक्ष माग गरे । हरैयामा बन्ने भनेको औधोगकि क्षेत्रको स्थापना हुनुमा विस्वास गरेको बताए। धनगढीमा हुने डुवानको समस्या सामाधनाको लागी सबै सरकारले सहयोग गर्न आग्रह गरे।

भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवाज विगतदेखि नै उठ्दै आएको छ। प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन हिजो कञ्चनपुर जानु भएको थियो । त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर जिलल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ ओटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा देउवा सहभागी हुनु भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.