सेती नदीमा खसेर एक युवतीको मृत्यु

धनगढी २ असार– सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।

बिहिबार बिहान आदर्श–६ गिरीचौकाको बबिनादेखि बैतडीको सिगास गाउँपालिका–७ साङडामा रोपाईँका लागि जाँदै उनी साँघुबाट खसेको स्थानीय गणेश खडायतले बताए।गत कात्तिकमा परेको अबिरल वर्षाका कारण गिरीचौका र बबिना जोड्ने झोलुङ्गे पुल बगाएको थियो। त्यसपछि स्थानीय सोही साँघुबाट ओहोर–दोहोर गरिरहेका छन्।

तर, बर्सातको समयमा उक्त साँघुबाट विद्यालय जाने, घाँसदाउरा तथा खेत रोप्न जानेहरुलाई समस्या हुने स्थानीय पदम कडायतले बताएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.