धनगढीको निर्माण बहुउद्देश्य सहकारी संस्थाको अध्यक्षमा:भट्ट चयन
धनगढी ३० जेठ– धनगढीको निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ ।
नयाँ कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन्।् ।आवश्यक पद संख्या भन्दा बढी उम्मेदवारी नरहेपछि सबै पदाधिकारीसहित सबै सदस्यहरु निर्विरोध चयन भएका बताइएको छ ।
सहकारीको अध्यक्षमा हरिप्रसाद भट्ट, उपाध्यक्षमा गोविन्दराज भट्ट, सचिवमा आदावा शेर्पा र कोषाध्यक्षमा छपेन्द्र कडाल चयन भएका छन्।