रुसी आक्रमणबाट ६ युक्रेनिको मृत्यु, दर्जनौं घाईते

किभ, ३२ जेठ । युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको ज्यान गएको छ । रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा छ जनाको ज्यान गएको हो ।

उक्त हमलामा एक दर्जनभन्दा बढी घाइते भएको त्याहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ । आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको छ । रुसी सेनाले सो क्षेत्रमा प्रहार गरेका नौवटा क्रुज मिसाइल र ड्रोनलाई भने युक्रेनी सेनाले खसालेका थिए ।

क्षेत्रीय प्रशासनले कालो सागरबाट भएको आक्रमणमा समुद्रबाट प्रहार गरिएका चारवटा कालिबर क्रुज मिसाइलहरू समावेश भएको बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.