गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार हुन सक्दैन: प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार एकलौटी रूपमा कांग्रेसको नभएको भन्दै पार्टीसँग आबद्ध संघसंगठनहरूलाई धेरै माग नगर्न आग्रह गरेका छन् ।गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार मात्रै नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले श्रमिकहरुको हक,अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन भने सरकारको दृढ संकल्प रहेको बताए ।

एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरूले, यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरूले यो धेरै माग दाबी गर्ने कुरा छैन, उनले भने, कतिपय बजेटमा आएका छन् । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं । कोभिड( १९ महाकारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यवसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको कुरा हामी सबैलाई थाहा नै छ ।

प्रधानमन्त्री देउवाले भने,यस चुनौतिपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुर्न स्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन, श्रमजीविहरूलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोग जरुरी छ । नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ ।  ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.