आईसीसी विश्वकप लिग टू अन्तिम ओभरमा आदिल चम्किंदा :अमेरिकासँग नेपालको रोमान्चक बराबरी

२९ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगको खेल रोमान्चक रुपमा बराबरीमा सकिएको छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाइ भयो र १(१ अंक जोडे ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरे पनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो । नेपालमा आदिल अन्सारीले बलिङ गरेको उक्त ओभरमा सबैखाले नाटक देखियो । सुरुआती तीन बलमा अमेरिकाले एकरएक रन जोड्यो । चौथो बल नो बल भएपछि अमेरिकाले नो बलमा एक रन जोड्दै रन बराबरी गर्दै जित नजिक पुगेको थियो ।

तर, अन्तिम दुई बलमा नेपालले विकेट लियो । पाँचौ बलमा आदिलले आरोन जोन्सलाई रोहित पौडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरेका हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.