भारतमा कारको ठक्करबाट कञ्चनपुरका एकै परिवारका ४ जनाको मृत्यु

धनगढी, २८ जेठ । भारतमा कारको ठक्करबाट कञ्चनपुरका एकै परिवारका ४ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा कञ्चनपुरको उल्टाखाम घर भएका एकै परिवारका ४ जनाको ज्यान गएको हो ।

ठक्कर बाट ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको ज्यान गएको जनाइएको छ । उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए ।

शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए । विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिदा उनिहरुको ज्यन गएको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.