अमेजनमा विमान दुर्घटनामा परेका ४ बालबालिका ४० दिनपछि जीवितै फेला

अमेजन २७ जेठ । कोलम्बियाको अमेजनमा विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जीवितै फेला परेका छन् । गत महिना अमेजन वर्षावनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चारजना बालबालिका शुक्रबार जङ्गलमा जीवितै फेला परेका हुन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपत्कालीन उद्दारकर्ताहरूले उपचार गरिरहेका चार दाजुभाइको फोटोको साथ ट्वीट गरेका छन् । नका अनुसार १३, ९, ४ र १ वर्षका बालबालिका ४० दिनसम्म जङ्गलमा बाँचेका छन् ।

उनीहरूको आमा र अन्य दुई जनाको भने दुर्घटनामा मृत्यु भएको छ । ‘उद्धारकर्ताले फेला पार्दा उनीहरू एक्लै थिए । यो इतिहासमा रहिरहनेछ, त्यसैले ती बालबालिकाहरू आज शान्तिका सन्तान र कोलम्बियाका सन्तान हुन्,’ पेट्रोले भने ।

सानो विमानका पाइलटले मे १ मा आपत्कालीन कल रेडियो गरका थिए । त्यसपछि विमान ट्र्याकिङ राडारबाट गायब भयो । उद्धारकर्ताहरूले सो दुर्घटना स्थलबाट तीन वटा शव फेला पारेका थिए । जसमा पाइलट, बच्चाकी आमा र अर्को आफन्तको रूपमा पहिचान गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.