९०० मत गन्दा पनी कुँवरको अग्रता कायमै

धनगढी: कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ७ सय मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवरले अग्रता कायम राखेका छन्। उनले ५५४ मत पाएका छन्।

उनका प्रतिस्पर्धी सुरेन्द्र राठी २९७ मतका साथ उनलाई पछ्याइ रहेका छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ४९८ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ३५० मत ल्याएका छन्।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ५०७, उनका प्रतिस्पर्धी घनश्याम चौधरीले ३००, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ४२७, प्रकाशचन्द्र भट्टले ३७१, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ४४९ , केशवदत्त पाण्डेयले ३३३, महासचिवमा ओमबहादुर विष्टले ४२१, सिद्धराज पनेरु३९५, कोषाध्यक्षमा भीमराज ओझा अब्बुले ५५६, रंजनकुमार शर्माले २५४ र सचिवमा सुरेश पाण्डेयले ३२६, महेन्द्रकुमार सिंहले २८१ र जयराज न्यौपानेले १७६ मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.