कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवरको अग्रता कायमै,
धनगढी २९ जेठ – कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ७ सय मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवरले अग्रता कायम राखेका छन्। उनले ४८७ मत पाएका छन्।
उनका प्रतिस्पर्धी सुरेन्द्र राठी २६९ मतका साथ उनलाई पछ्याइ रहेका छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ४३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ३२१ मत ल्याएका छन्।
उद्योग उपाध्यक्षमा दिनेश लम्साल ४५०, उनका प्रतिस्पर्धी घनश्याम चौधरीले २६८, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ३७९, प्रकाशचन्द्र भट्टले ३३०, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ३९४ , केशवदत्त पाण्डेयले ३००, महासचिवमा ओमबहादुर विष्टले ३७३, सिद्धराज पनेरु ३५४, कोषाध्यक्षमा भीमराज ओझा अब्बुले ४८७, रंजनकुमार शर्माले २३१ र सचिवमा सुरेश पाण्डेयले २९१, महेन्द्रकुमार सिंहले २४८ र जयराज न्यौपानेले १५७ मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।