कैलालीमा ट्र्याक्टरको ठक्करबाट घाइते भएका पावर टिलर चालकको मृत्यु

धनगढी २८ जेठ– कैलालीमा ट्र्याक्टरको ठक्करबाट घाइते भएका पावर टिलर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका(५ गेटीका २१ वर्षीय सुवास चौधरी रहेका छन्।

शनिबार ११ः४० बजेको समयमा गोदावरी नगरपालिका–५ गेटा, सुदूर फुड नजिक अत्तरियाबाट धनगढी आउँदै गरेको से१त ३१०१ नम्बरको ट्र्याक्टरले सोही दिशाबाट आइरहेको पावर टिलरलाई ठक्कर दिएको थियो। ठक्करबाट पावर टिलर चालक चौधरी गम्भीर घाइते भएका थिए।

उनलाई माया मेट्रो अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको थियो। चौधरीको १२ बजेर १० मिनेट हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुबै सवारी साधन र ट्र्याक्टर चालक गोदावरी–८ का २५ वर्षीय ललित चौधरीलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.