बैतडीमा जिप दुर्घटना,एक जना सामान्य घाईते

धनगढी,२८ जेठ–बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पाटन –पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन नगरपालिका ६ मेलतडा भन्ने स्थानमा शनिबार बिहान ४ बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मेलौलीबाट पाटन तर्फ आउँदै गरेको सुप प्र।०१–००१च ३१२५ नम्बरको जिप (टाटासुमो) दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए ।

पाटन नगरपालिका वडा नं ६ का आशीष पहरी समान्य घाइते भएका र उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।जिपमा तीन जना मात्रै सवार रहेका बताइएको छ । मेलतडा खोलाको पुलबाट जिप तल खस्दा एकजना समान्य घाइते भएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.