कैलालीमा ट्र्याक्टर र पावर टिलर ठोक्किँदा एक जना घाइते

धनगढी–कैलालीमा ट्र्याक्टर र पावर टिलर ठोक्किँदा एक जना घाइते भएका छन्। गोदावरी नगरपालिका–५ गेटा, सुदूर फुड अगाडि अत्तरियाबाट धनगढी आउँदै गरेको से१त ३१०१ नम्बरको ट्र्याक्टर र पावर टिलर ठोक्किएको प्रहरीले बताएको हो।

दुुर्घटनामा पावर टिलर चालक गोदावरी–५ का २१ वर्षीय सुवास चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

ट्र्याक्टर चालक गोदावरी–८ का २५ वर्षीय ललित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.