अवरुद्ध नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरूपमा खुल्यो

काठमाण्डा–नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरूपमा खुलेको छ । गएराति टोपे खोला नजिकै पहिरो खसेर दुईतर्फी नै आवात–जावत रोकिएको सडकमा पहिरो हटाएपछि पूर्णरूपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक पूर्णरूपमा खुलेसँगै जाममा परेका यात्रु गन्तव्यमा लागेका छन् । पानी पर्न रोकिएपछि केही सहज भएको ट्राफिक प्रहरीले जनाएको छ ।

हिजो शुक्रवार बिहान टोपे खोलमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएका थिए । दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका थिए ।

पानी पर्नेबित्तिकै ठाउँठाउँमा पहिरो खस्ने गर्दा मुग्लिन–नारायणघाट सडक खण्डको यात्रा कष्टकर हुन थालेको छ । यो सडक राजधानी काठमाण्डौलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.