भाट- भटेनीको २३ औं शाखा धनगढीमा

भाट- भटेनीको २३ औं शाखाले धनगढीमा आज शुक्रवार देखि सेवाको सुरुवात गरेको छ ।धनगढी बोरडाँडीमा भाट भटेनीको स्थापना भएको हो । लगभग २ खर्ब २५ करोडको लगानीमा उसले आफ्नो पाचँ तल्लाको व्यवसायिक संरचना बनाएको छ ।

१७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न,लत्ता कपडा,विद्युतीय , कस्मेटिक,फर्निचर,खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध छन् । त्यसैगरी स्टोरमा रेष्टूरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्स) पनि सुचारु हुनेछ ।

 

भाटभटेनी मा उपभोक्ता को चाहाना बमोजिमका सबै सामान एकै ठाउँमा पाइने व्यवस्था गरिएको छ । भाटभटेनीले उदघाटनको अबसर मा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर, धनगढीका प्रजिअ किरण थापा, लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.