सुदूरपश्चिमका पहाडि जिल्लामा भूकम्पको धक्का
धनगढी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार दिउँसो १२ बजेर ५० मिनेटको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका ७ देउलेक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत धक्का महसुस गरिएको थियो।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।