‘जिफण्ट’ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न

प्रशान्त ऐर,२४ जेठ,धनगढी– श्रमजीवी वर्गको सम्मानित,समुद्ध र सिर्जनशील जीवनभन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन समपन्न भएको छ । मुख्यतया मजुदूरहरुको हकहितकालागी,अधिकारकालागी कामगरिरहेको यो युनियनले निर्माण व्यवसाहि संघ धनगढीको हलमा एक कार्यक्रमका बिच उक्त अधिवेशन सम्पन्न गरेको हो ।

उक्त अधिवेशनको उद्यघाटन समारहोमा बोल्दै कार्यक्रमका सभाअध्यक्ष समेत रहनुभएका ‘देव बहादुर बम’ले अठासी ओटै पालिकाबाट आउनुभएका मजदुरहरुलाई हाम्रो काम के हो,कर्तव्यके हो अधिकार के हो भन्ने बिषयमा हामिले कार्यक्षत्रमा कामगर्दाखेरि अनुसासित तथा लिपिबद्ध तरिकाले कामगर्ने,मजुदरहरुले सरकारले तोकेको न्युनतम ज्यालामा रहि कसरि काम गर्ने,स्वास्थ्य सम्वन्धी जुन जिफन्टले ल्याएको निति छ त्यसमा प्रदेश कमिटि कटिवद्ध रहेको बताउनु भएको छ ।

त्यो नितिलाई व्यवहारिक रुपमा लागु गर्नलाई जिफण्टले नवजिवन अस्पतालमा ३५ प्रतिशत मतुसुलित पाउने र काठमाण्डौमा रहेको हेल्पीङ अस्पतालमा ५० प्रतिसत छुट पाउने व्यवस्था गरिको बताउनु भएको छ । उहाँले सुदूरपश्चिम प्रदेशका बिभिन्न क्षेत्रमा औपचारिक अनौपचारिकरुपमा रहेका १७ हजार दुई सय ५३ जनालाई संगठित गरेको र अन्य व्यक्तिहरुलाई आउदो नयाँ नेतृत्वोले संगठित गर्ने बताए ।

उक्त अधिवेशनको प्रमुख अतिथिमा बिनोद श्रेष्ठ सँगै अतिथिहरुमा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बिभिन्न राजनैतिकदलका भात्रु संघटनका प्रमुख तथा प्रतिनिधिहरु नेपाल ट्रेड युनियन महासंघ  सम्बन्धी आवद्ध व्यक्तीहरु सँगै पत्रकारहरुको उपस्थीती रहेको थियो ।

Open photo

Open photo

सम्बन्धित
Leave A Reply

Your email address will not be published.