डोटी बस दुर्घटनामा बेपत्ता भएका बालको सब १५ दिन पछि फेला
धनगढी–डोटीमा जेठ ७ गते बस दुर्घटनामा परी सेती नदीमा बेपत्ता भएका बालकको शव १५ दिनपछि फेला परेको छ । आइतबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै उनको नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
अछामको कमलबजार नगरपालिका– ६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजङ्ग शाहीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए । कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना भएको थियो ।
दुर्घटनामा बालकका आमाबुवासहित १२ जना घाइते भएका थिए ।