रूखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनगढी– कैलालीको एक जङ्गलमा महिलाको शव फेला परेको छ। जिल्लाको घोडाघोडी नगरपालिका–६ स्थित शिवशक्ति समुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा स्थानीय २४ वर्षिया जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

शुक्रबार दिउँसो ३ बजे नुहाउन भनी घरबाट गएकी उनलाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.