कैलालीको एक पसलमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

धनगढी : शनिबार राति कैलालीको पसलमा आगलागी भएको छ। शनिबार राति १० बजे कैलाली जिल्लाको कैलारी गाउँपालिका १ का हरिप्रसाद चौधरीको किराना तथा साइकल मर्मत पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिजुलीको तार सर्ट भई आगलागी भएको बताइएको छ। पसलमा रहेका किराना समानहरु,साइकलका टायर र ट्युबहरु जलेर नष्ट भएका जनाइैएको छ।

आगलागीबाट दुई लाख पचास हजार बराबरको क्षति भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.