आस्वासनका दुई दशक देखि अल्पत्र रहेको पश्चिम सेती आयोजना पूर्णहोला भन्नेमा बिश्वास छैन:अभियान्ता जोशी

धनगढी १६ जेठ,प्रशान्त ऐर–संघीय सरकारले प्रतिनिधिसभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशका पुरानै योजनाले निरन्तरता पाएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा प्रदेशमा वर्षौदेखि चर्चामा रहेका र कार्यान्वयनको चरणमा रहेका योजनाले नै निरन्तरता पाएका हुन्। । सरकारले बजेटमा बहुचर्चित ७५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाउने बताएको छ ।

तर बिगतका बर्षमा पनि सधैँ प्रस्तुत बजेटमा पर्ने यो पश्चिम सेती जलविद्युत आयोजना कुनै नौलो कुरा होईन । सो कुरामा आस्वासनका दुई दसक भन्दा बढी भयो र पनि अहिले सम्म निर्माण प्रक्र्रियाका पुगेको छैन ।

बिभिन्न खालका दवाव भएका कारण यो बजेटलाई लोकप्रियतामा ढाल्नको लागी र जनताको मागलाई साम्मे पार्न बजेटमा प्रस्तुत गरेको र मुख्यअभियान कर्ताहरुलाई निर्माण होला जस्तो नलागेको बर्षै वाट पश्चिम सेतीका मुख्य अभियान्ता साथै बोलन्याथली युनिटका सँयोजक यादव जोशीले बताएका छन् ।

दुई दशक भन्दा धेरै समय देखि ओझेलमा परेको यो पश्चिम सेति आयोजनाको लागी आईतवार मात्रै बजेटभाषमा निमार्ण हुने बताईको छ । अभियान्ता जोशीले भने यो चुनावी सरकार हो र यो पोलिटिकल स्टिपमा मात्रैहालेको हो । पश्चिम सेति आयोजनाको लागी सरकारले थप भोल्नु पर्ने थियो, तर लगानिको मोडालीटिको बारेमा आयोजनाको बारेको आदिकुरामा नबोलेकोले बिगत जस्तै ओझेलमै रहने पो होकी भन्ने अन्यौल्ता रहेको बताएका छन् ।

सुदूरपश्चिमबाट पश्चिम सेति आयोजनाको लागी मुख्य अभियान्ता समेत रहनु भएका जोशीले बिगतका बर्षहरुबाटनै सँस्थागत रुपमा अभियान चलाउनु पर्छ भनेर बोलन्या थली युनिट बिस्तार गरदै यो आयोजनाको लागी थप अभियान चलाउनु भएको थियो ।

डोटि जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत आयोजना निर्माणमा अझैपनि अन्योल नै छ । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् । यो बर्षमात्रै हाईन बर्षै बाट बजेट भाषमा समेटिदै गरेको र त्यहि भाषमा सिमित रहेको छ ।

यो आयोजनाको अभियानमा बोलन्या थली युनिटले कचौरा आन्दोलन,सात सय ५० सपनाका डोका आन्दोलन साथै पश्चिम सेति आयोजना निर्माणको लागी प्रधानमन्त्रीलाई एकलाख हस्ताक्षर पत्र सँकलन गरि बुझाईएको थियो ।

‘आज उहाँ स्वयंले अर्थमन्त्रीको रुपमा यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नुभएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्ष भन्दा बजेट घटाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.